sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री

१७ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री भएको छ । 

म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडा च्याङ्ग्रा झारिएको बताइएको छ । यसपालिको दसैँ पर्वका लागि आठ हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ । 

जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोसिलो, तागतिलो र स्वस्थकर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा  ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारीले यसपालि प्रतिगोटा  ३० हजारदेखि ३३ हजारमा किसानहरूबाट खरिद गरेका छन् ।

गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि रु ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान बेहोरेको गुनासो गरेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्