sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

हङकङ सिक्सेस : नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै

१७ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनलमा खेल्ने भएको हो । खेल शनिबार दिउँसो हङकङमा हुँदैछ ।

पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको हो । शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो । अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो ।

अस्ट्रेलियाका लागि ज्याक उडले १६ बलको सामना गर्दै अर्धशतक पूरा गरे। ६ छक्का र चार चौका प्रहार गरेर उनले ५५ रन जोडेका हुन्। एलेक्स रसले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले एकएक विकेट हात पारे। दुई ओभर बलिङ गरेका प्रतिशले २४ रन खर्चिएर तीन विकेट हात पारे। उनी म्यान अफ द म्याच बने ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन् । हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए । लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाएका थिए । नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काउँदा राशिद खानले दुई बलमा १२ रन बनाए भने एक बल खेलेका नारायण जोशीले एक रन जोडे । अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पारे ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्