sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

१६ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ । नयाँ परिवर्तन गरिएको नयाँ मूल्य आज बिहानदेखि लागु भएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्