sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

साफ फाइनललगत्तै व्यवसायिक फूटबलका लागि फ्रान्स उडिन् साम्बा

१५ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ साफ फाइनलकै राति फ्रान्स प्रस्थान गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै उपविजेतामै सीमित भएसँगै उनी व्यावसायिक फुटबलका लागि फ्रान्स प्रस्थान गरेकी हुन् ।

फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी सावित्राले साफमा तीन खेल मात्रै खेलिन् । उनले व्यावसायिक फुटबलका क्रममा फ्रान्समै रहँदा समूहचरणका दुई खेल खेलेकी थिइनन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको तर्पबाट सर्वाधिक गोलकर्ता रहेकी साम्बा गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध भएकी थिइन् । उनलाई यो साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि ‘फिफा विन्डो’ मा नरहेकोले पनि क्लबले छाड्न अस्वीकार गरेको थियो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्