परराष्ट्रसचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन
काठमाडौं । परराष्ट्र मन्त्रालयमा कार्यरत सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सचिव लम्साललाई राजदूत अनुमोदन गरेको हो ।
उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् । भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्साललाई सिफारिस गरेको थियो । उनलाई मन्त्रिपरिषदले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेको थियो ।
उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गर्नेछन् ।