sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

रैथाने बालीको वेवास्ता भयो : कृषिमन्त्री अधिकारी

मङ्गलबार, १५ श्रावण २०८१ स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् ।

 

सोमबार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा कृषिमन्त्री अधिकारीले सम्भव भएसम्म विषादी प्रयोगमा न्युनिकरण गर्न आग्रह गरेका हुन् । उनले विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा पुग्ने बताए ।

 

मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू त्यसप्रति प्रतिवद्ध रहेको उनको भनाई छ । उनले रैथाने बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

उनले कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन आफूले सक्दो प्रयास गर्ने बताए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्