sevenstartv.com २१ कार्तिक २०८१, बुधवार

त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्