sevenstartv.com २१ कार्तिक २०८१, बुधवार

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१-८२ को बजेट बहुमतले पारित भएको छ ।

३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनाभन्दा लामो समयदेखि बजेट शून्यता हटेको छ ।  

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्