युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेका न। उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिनको लागि युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गरेका हुन ।

 

गएको सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताए।जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटाली लगायतका पाँच वटा देशले यस वर्षको अन्त्यसम्ममा हवाई रक्षा प्रणाली सहयोग गर्न सक्ने बताइसकेका छन् ।

 

अमेरिकी अधिकारीहरूकाअनुसार बेलायत, क्यानडा, नर्वे र स्पेन लगायतका अन्य मित्र राष्ट्रहरूले पनि अबको केही महिनामै युक्रेनलाई दर्जनौँ अन्य सामरिक वायु रक्षा प्रणालीहरू प्रदान गर्नेछन् ।नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताएका रोयटर्सको खबरमा उल्लेख छ ।

 

नेटोमा ३२ वटा देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ । तर युक्रेनलाई नेटोमा सहभागि गराउने विषयकै कारण रुसले आक्रमण थालेकाले यो विषय थप जटिलतातर्फ गइरहेको विज्ञहरुले बताएका छन् ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताले छलफल थालेका छन् ।   नयाँ बानेश्वरस्थित संसद...

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौ । पदमुक्त भएसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  ...

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

.