एसईई पुरक परीक्षा साउन २३ गते देखि सञ्चालन हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा साउन २३ देखि सुरु हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले साउन २३ बाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

 

मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले भने,‘ साउन २३ बाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ ।’ यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले साउन १८, १९ गते परीक्षा गर्ने सूचना जारी गरेको थियो ।

 

तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो । अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रवक्ता दाहालले भने ‘बोर्डले नतिजा र प्रश्नपत्र तयारको काम गर्ने अरू काम प्रदेशले गरेपछि छिटो र गुणस्तरीय हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’ बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

हारेको अनुभव गर्न मन छ, विश्वासको मत नदिनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई संसदमा हारेको अनुभव गर्न मन लागेको भन्दै विश्वासको मत नदिन भनेका छन् ।...

प्रधानमन्त्री दाहालकाे प्रश्न- साना दललाई गर्भमै सिध्याउने कसरत त भइरहेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दललाई सिध्याउने कसरतमा कांग्रेस एमाले लागेको आशंका व्यक्त गरेका छन् ।   आज...

.