बागमती प्रदेशसभा बैठक बस्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । । बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेस हुने कार्यसूची रहेको छ ।

 

प्रदेशसभा बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ । दिउँसो १ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । बैठकले प्रदेश सरकारको बजेट संसदमा पेस गर्ने, बजेट माथि संशोधन तथा छलफल गर्ने कार्यसूची तयार पार्ने बताइएको छ ।

 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । बजेट प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले १ गते दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । आर्थिक मन्दीका कारण राजस्व उठ्न नसकेको र अनुदान समेत कटौती भएकाले आन्तरिक स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउने सरकारको तयारी गरेको छ ।

 

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्य र रोजगारी सृजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउँदै आएको छ भने प्रदेश सरकारले बजेटलाई विवाद रहित बनाउन प्रति सांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.