पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

 

प्रतियोगिता पोखरा महानगरपालिका-३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने क्लबका अध्यक्ष शरणकुमार प्रधानले बताए ।प्रतियोगिताअन्तर्गत ए लेबल मेन्स डबल, सी लेबल मेन्स डबल, ५५ वर्षभन्दा माथिको मेन्स डबल्स र वुमेन्स डबल्समा एक सय २६ टोलीको सहभागिता रहने छ ।

 

ए लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४१ हजार, २२ हजार हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।सी लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३५ हजार, १८ हजार र ६ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 

५५ वर्षमाथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, १६ हजार र ६ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

.