दिल्लीसँग गुजरात पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स ४ रनले पराजित भएको हो ।

 

२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए । डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे । ओपनर ऋद्धिमान शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

 

दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएका थिए ।

 

४३ बल खलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन खेले । ट्रिस्टन स्टुब्सले नटआउट २६ रन बनाए । अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन बनाए । ओपनर पृथ्वी शाले ११ र ज्याक फ्रासरले २३ रन जोडे । गुजरातका सन्दीप वारियरले तीन तथा नुर अहमदले १ विकेट लिए । समान ९ खेलमा ८ अंक जोडेको दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ । ​

 

आइपीएलमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुँदै छ ।

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.