आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

.