कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा उनले कांग्रेसले माग्दैमा राजीनामा नदिने जिकिर पनि गरे।

 

लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने पार्टीले माग्दैमा आफूले पदबाट राजीनामा दिनुनपर्ने बताए। ‘नेपालीलाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन‚’ उनले भने‚ ‘अनि उसले भनेर मैले राजीनामा दिने ?’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले कांग्रेसलाई प्रश्न गरे ।

 

उनले सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए। उनले आफू सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र समाधान गर्न तयार रहेको दाबी पनि गरे ।

 

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

सहकारी छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्ने भएको...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

.