लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टमा ६ अर्ब ६३ करोड ४० लाख लगानी स्वीकृत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल लगानी बोर्डले ह्वासिन सिमेन्ट नारायणी परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा  मंगलबार बसेको लगानी बोर्डको ५८ औँ बैठकले चिनियाँ कम्पनी ह्वासिनको सिमेन्ट परियोजनाका लागि थप लगानी स्वीकृत गरेको हाे ।

 

बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई लगानी सम्झौता वार्ता अगाडि बढाउन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नेतृत्वमा वार्ता समिति गठन गरेको हाे ।

 

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुन: लगानीका लागि प्रस्ताव गरे अनुसार सो परियोजनाको स्वीकृत परियोजना प्रतिवेदन बोर्डले मूल्यांकन गरेपछि वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

 

 

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.