हैदरावादसँग दिल्ली ६७ रनले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।

 

गएराति अरुण जेटली स्टेडियममा भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २६६ रन बनाएको थियो । २६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा १९९ रन बनाएर अलआउट  भयाे ।

 

हैदरावादकाे जितका लागि ओपनर हेडले ८९ रन बनाए । अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनबनाए । शाहबाज अहमद ५९ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ विकेट लिए । मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट लिए ।

 

दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए । कप्तान ऋषभ पन्त ४४ रन बनाए । अभिषेक पोरेलले ४२ र पृथ्वी शाले १६ रन बनाए ।

 

हैदरावादका लागि टि नटराजनले ४ विकेट लिए । मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट लिए भने भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले १-१ विकेट लिए ।

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.