बालबालिकालाई भिटामिन ए र जुकाको औषिध खुवाइँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ ।

 

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ खुवाउँदै आएको छ । २०५६ सालदेखि जुकाको औषधि पनि नियमित खुवाउन थालिएको हो । आज छुटेका बालबालिकालाई भोलि पनि खुवाइने मन्त्रालयले जनाएको छ ।

‘दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको लक्ष्य हो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छन् ।  ...

‘देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारलाई बन्द गर्नुपर्ने बताउनुभएको छ ।...

श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका...

‘श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हो’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवाद स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...

‘श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगहरुको...

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडाैं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।   कानुन, न्याय...

.