‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पू्रा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

 

उनले नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलकाबिचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्ने बताएका हुन् ।

 

सामाजिक न्याय, समानता, समावेशी र सहभागीतामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्त्व छ भन्दै अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए ।

 

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य एवं सुख शान्तिको कामना गर्दै उनले जनताको लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट आममानिसको हितमा काम गर्नुपर्ने बताए ।

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक  बिहान ११ बजे बस्ने छ ।...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

.