मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने भएका हुन् ।

 

मुख्यसचिव अर्याल टेरामक्स प्रविधि खरिदको अनियमिततामा समेत मुछिएका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा अर्यालले टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।

 

अख्तियारले आज वा भोलि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र मुख्यसचिव अर्याललाई मुद्दा दायरा गर्ने अख्तियारको तयारी छ । टेरामक्स प्रविधि खरिद प्रक्रियामा अनियमितता भएकोबारे अनुसन्धान गरिरहेको अख्तियारले विशेष अदालतमा मुद्दा लैजाने तयारी गरिरहेको छ । अनुसन्धानको केही काम बाँकी रहेकाले केही समय लाग्नसक्ने अख्तियार स्रोतको भनाइ छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गर्दा झन्डै तीन अर्ब अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । उक्त प्रकरणमा तत्कालीन सञ्चार सचिवका रुपमा अर्याल, तत्कालीन सञ्चारमन्त्री तथा हालका स्वास्थ्यमन्त्री बस्नेत र पूर्व सञ्चारमन्त्री कार्की मुछिएका छन् ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.