मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा नराखेको सरोकारवालाको गुनासो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  एन्जाइटी तथा डिप्रेसन जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याले विकरालरूप लिन थालेको भन्दै   विज्ञ तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

 

मानसिक समस्याका कारण नेपालमा दैनिक १७ देखि १९ सम्मले आत्महत्या गर्ने गरेको भन्दै उनीहरूले रोकथामका लागि सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने बताए ।

 

रोटरी क्लब अफ काठमाडौं र आध्यात्मिक पत्रकार समाजले मानसिक स्वास्थ्य सचेतनाका लागि शनिबार आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले कानून र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि थुप्रै प्रावधान भए पनि कार्यान्वयन फितलो रहेको बताए ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरिन् । स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेकी कार्कीले हरेक स्वास्थ सेवा प्रदायक संस्थाले सबै किसिमका उपचार पद्धति अपनाएर एकीकृत उपचार योजनामा जानुपर्ने बताइन् ।

 

वि डा. प्रदीप पाण्डेले विश्व स्वास्थ संगठनको तथ्यांकले ३५ प्रतिशत बयस्कमा एन्जाइटी देखिएको र हरेक आठमध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेको बताए । उनले यो समस्या भएका व्यक्तिले खुलेर नबोल्ने हुनाले समस्या भएको तर्क गरे । केही वर्षभित्रै यसले महामारीको रूप लिनसक्ने भन्दै उनले जनचेतना फैलाउनु पर्ने बताए ।

 

कार्यक्रममा आध्यात्मिक वक्ता स्वामी आनन्द अर्हतले ध्यान, ज्ञान र आध्यात्मिक बोधबाट नै शान्ति मिल्ने बताए । डा. हर्सना श्रेष्ठले नेपालमा हालसम्म मात्रै ४० जना मनोपरामर्श विज्ञ रहेकोे भन्दै मानसिक स्वास्थ उपचारका लागि योग्य जनशक्ति अभाव रहेको बताइन् । युवा अभियन्ता रञ्जु दर्शनाले यो समस्याले व्यक्ति हुँदै परिवार र सिंगो समाजलाई आक्रमण गर्ने भएकाले कानून र रणनीतिमा भएका प्रावधानलाई सशक्तरूपले कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

 

आयोजक संस्था रोटरी काठमाडौं र आध्यात्मिक पत्रकार समाज (आपस)का अध्यक्षद्वय किशोर उप्रेती र शिरोमणि दवाडीले स्वस्थ्य समाज निर्माणका लागि मानसिक स्वास्थ सचेतनाका कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक  बिहान ११ बजे बस्ने छ ।...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

.