उपाधिका लागि नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले खेल्न नपाउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । वाफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा सुरू हुनेछ ।

 

नेपालले लेबनानलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई पराजित गरेकाे थियो । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

 

नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

 

यसैबीच, सावित्रा भण्डारी (साम्बा)ले आजको फाइनल खेल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा नखेल्ने भएकी हुन् ।

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

.