व्यवसायीलाई अर्थमन्त्रीको आग्रह- उच्च मनोबलका साथ लगानी गर्नुस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं  । अर्थमन्त्री डा. प्रकाशशरण महतले उच्च मनोबलका साथ लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

 

नवलपरासी औद्योगिक व्यापार मेला तथा कृषि, पर्यटन व्यापार एवं सूचना प्रवधिको बृहत् प्रदर्शनी उद्घाटन गर्दै मन्त्री डा. महतले आत्मविश्वास बढाउन सके अर्थतन्त्र अगाडि बढ्ने तर्क गरे ।

 

‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजस्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ । आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ । आत्मविश्वास जगाऔँ । विचार पुर्‍याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ’, मन्त्री महतले भने, ‘उत्पादन र रोजगारी बढेपछि राजस्व बढ्छ । राजस्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’

 

ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उनले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीलाई आग्रह गरे ।

 

अर्थमन्त्री महतले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको दाबी गरे । ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ’, उनले भने ।

 

उनले नेपालमै हुन्छ, यहीँ केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाउन युवालाई आग्रह गरे । ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ’, उनले भने, ‘यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौँ । हामी गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउनुपर्छ ।’

एसीसी टी-२० प्रिमियर कप : नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । एसीसी टी-२० प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।   ओमानको अल...

डोल्पामा डढेलोमा घाइते भएका तीनै जना बालकको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालकको मृत्यु भएको छ ।   गत...

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

.