अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्याे : लिङदेन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् ।

 

आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा लिङ्देनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको उनको भनाइ छ ।

 

उनले पछिल्लो समय राजनीतिक दललाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवासुविधानमा झनै ढिलासुस्ती हुन थालेको बताए । टेरामक्स प्रविधिमा करिब एक खर्ब राजस्व हिनामिना भएको भनिए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेकोप्रति उनले गुनासो गरे ।

 

अध्यक्ष लिङदेनले दोषीलाई कानूनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्नसमेत गरे ।

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

.