त्रिदेशीय टी-२० क्रिकेट शृंखला : पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालसँग टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित १९.६ ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाइ नेपाललाई २०७ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित १८.५ ओभरमा १० विकेट गुमाएर १८६ रन बनाउन मात्र सक्याे ।

 

नामिबियाकाे जितका लागि लोफ्टी इटनले ३३ बलमा शतक पूरा गर्दै १०१ रन बनाए । मुलान क्रुगरले ५९ रन बनाए र माइकल भान लिंगेनले २० रन बनाए ।

 

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ जिकेट लिए । बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले समान २-२ विकेट लिए ।

 

नेपालका लागि कप्तान रोहित पौडेलले ४२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ४७ , कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नेपालका लागि करण केसी र अविनाश बोहोराले समान एक-एक विकेट लिए । कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए ।

 

 

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.