माओवादीका प्रदेश इन्चार्जकाे जिम्मेवारी हेरफेर

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले  सबै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो ।

 

कोशीमा हरिबोल गजुरेल, बागमतीमा अग्नि सापकोटा र मधेशमा लीलामणि पोखरेललाई जिम्मेवारी तोकिएको छ । यसैगरी गण्डकीमा दीनारनाथ शर्मा, कर्णालीमा कालीबहादुर मल्ल, लुम्बिनीमा चन्द्रप्रकाश खनाल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।

 

यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, युरोपमा राम कार्की, भारतमा मातृका यादवलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।

 

कार्यविभाजन आज बसेको बैठकले टुङ्ग्याएको र बाँकी विषयमा छलफल गर्न भोलि (बुधबार) पनि बैठक बस्ने पार्टी सचिव गणेश साहले जनाकारी दिए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.