सेटिङमा महंगो औषधि भिडाउनेविरूद्ध स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारी अस्पतालका फार्मेसीमा औषधि राखेर सर्वसुलभ ढंगले बिरामीलाई औषधि विक्री-वितरण नगरेर सेटिङमा बाहिरका फार्मेसीको महंगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुखविरूद्ध स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत भएका छन् ।

 

सोमबार स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनमा मन्त्रालय र औषधि विभागका महानिर्देशक सहितको टोलीले वीर अस्पतालको फार्मेसीको खरिद प्रकृया र कान्ति बाल अस्पतालको फार्मेसीको अनुगमन एवं निरीक्षण गरेको हो ।

 

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह, अतिरिक्त सचिव डा. टंक बारोकोटी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा वीर र कान्तिका फार्मेसी अनुगमन निरीक्षण गरिएको थियो ।

 

कान्ति बाल अस्पतालमा प्रयोग हुने औषधिको ८० प्रतिशत अस्पतालकै फार्मेसीमा रहेको पाइएको औषधि विभागका महानिर्देशक ढकालले जानकारी दिए । कान्तिको फार्मेसीमा जनशक्ति अभावका कारण समस्या भएको देखिएको ढकालले बताए ।

 

वीर अस्पतालका निर्देशकले अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर बिरामीलाई बाहिरका फार्मेसीको महंगो औषधि किन्न बाध्य बनाएको व्यापक गुनासो आएपछि स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मी सहितको टोली सहित फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गरेका थिए ।

 

 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.