प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

 

सत्ता गठबन्धनमा बढ्दो अविश्वास र असन्तुष्टि एवं प्रधानमन्त्री प्रचण्डले साझेदार कांग्रेससँगको सहकार्य फलदायी नभएको सार्वजनिक रूपमै बताउने गरेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालका कम्युनिष्टको एकता चाहने उत्तरी छिमेकी चीनले नेपालका कम्युनिष्ट पार्टी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका प्रतिनिधि उतै झिकाएर ‘वाम एकता’कै लागि सल्लाह दिने गरेको बताइन्छ ।

 

पछिल्लो पटक एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत चीन पुगेर आएका थिए ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.