कोशी प्रदेश सभामा एक वर्षमा ८ वटा कानून निर्माण, २० करोड ५४ लाख खर्च

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठ वटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी प्रदेश सभाले हालसम्म आठ वटा कानून निर्माण गरेको हो ।

 

कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पछिल्लो १४ महिनाको अवधिमा चार वटा प्रदेश सभा अधिवेशन सम्पन्न हुँदा जम्मा ४६ वटा बैठक बस्यो । जसमा ११ वटा विधेयक दर्ता भए । आठवटा प्रमाणीकरण भएका छन् भने तीनवटा विधेयक निष्क्रिय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । कोशी प्रदेश सभामा प्रति वर्ष २० करोड ५४ लाखको हाराहारीमा खर्च हुने गरेको छ ।

 

प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित भई प्रमाणीकरण भएपश्चात् साविक प्रदेश नम्बर १ लाई विस्थापन गरी सबै ऐनमा कोशी प्रदेश कायम भएको थियो । तर, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय बनेको सचिवालयले जनाएको छ ।

 

‘तेस्रो अधिवेशनमा पाँचवटा बैठक बस्दा चार विधेयक दर्ता भएका थिए, जसमध्ये दुई विधेयक पारित भएको थियो’, सूचना अधिकारी ढकालले भने, ‘यो अधिवेशनमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भयो ।’ आ.व.०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निष्क्रिय भएको उनले जानकारी दिए ।

 

२३ वटा बैठक बसेर समापन भएको चौथो अधिवेशनमा तीनवटा विधेयक दर्ता भएकोमा सबै पारित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी ढकालले बताए । कोशी प्रदेश सभामा प्रतिवर्ष २० करोड ५४ लाखको हाराहारीमा खर्च हुने गरेको छ। प्रदेश सभाको अघिल्लो पाँच वर्षमा एक अर्ब दुई करोड ७० लाख ३४ हजार खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश पदाधिकारी, प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, स्वकीय सचिव, प्रदेश सभा सचिवालयका कर्मचारीको पारिश्रमिक, सुविधा, कार्यालय सञ्चालन जस्ता चालु प्रकृतिका खर्च यसमा समावेश छन् ।

बझाङ प्रदेशसभा-१ मा कांग्रेसका अभिषेकबहादुर सिंहकाे अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राखेका छन् ।   सिंहले पछिल्लो परिणाम अनुसार...

म्याग्दीमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । पाँच जना...

इलाम-२ मा एमालेकाे अग्रता कायमै

काठमाडौं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् ।  ...

बझाङ प्रदेशसभा-१ मा कांग्रेसकाे अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राखेका छन् ।   सिंहले पछिल्लो परिणाम अनुसार...

तेस्रो लगानी सम्मेलन जारी

काठमाडौं । तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको होटल सोल्टीमा हिजो सुरू भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री...

चेन्नईसँग हैदरावाद पराजित

काठमाडौं । इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्ससँग सनराईजर्स हैदरावाद पराजित भएको छ । चेन्नई सुपर किंग्ससँग...

.