उपत्यकामा लुटपाट चोरी र ठगी गर्नेहरु पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । प्रहरीले काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका-१ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको छ ।

 

पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्‍न स्थानबाट पक्राउ गरेको बताए ।

 

उनका अनुसार माघ २५ गते काठमाडौ जिल्ला टोखा नगरपालिका-१ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका-१ बस्ने वर्षीय २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको धनमाल डाका गर्ने रहेका छन् ।

 

पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टासी तामाङ रहेका छन् । त्यस्तै लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कात्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, सुन २९५.३ ग्राम सुन, ५ थान मोबाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उनले बताए ।

 

त्यसैगरी, फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोटहरु ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ ।

 

त्यस्तै डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामबहादुर तामाङ, बीबी तामाङ र शंकर योगी रहेको प्रहरीले जनाएको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.