सरकारलाई सांसद श्रेष्ठकाे प्रश्न श्रमजीवी पत्रकारले तलब कहिले पाउँछन् ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठलेले श्रमजीवी पत्रकारले तलब कहिले पाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

 

आज बसेकाे प्रतिनिधिसभाको बैठकमा उनले श्रमजीवी पत्रकारले समयमा पारिश्रमिक नपाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

श्रमजीवी पत्रकारले विभिन्न कालखण्डमा निर्वाह गरेका भूमिकाबारे उल्लेख गर्दै उनले भने ,’श्रमजीवी पत्रकारले अहिले समयमा पारिश्रमिक नपाएको कुरा सडकसम्म आइपुगेको छ । प्रजातन्त्रको बहाली र पुन:स्थापनानामा मात्र होइन, सुशासन, पारदर्शिता र आमजनतालाई सूचित गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएका पत्रकार विषम परिस्थितिबाट गुज्रिरहेका छन् ।’

 

पछिल्लो समय विभिन्न संचार माध्यमले तीन महिनादेखि करिब सात महिनासम्म श्रमजीवी पत्रकारलाई नियमित तलब नदिएको अवस्था छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.