चैत १ को जनप्रदर्शनका लागि राप्रपा नेपालको तयारी तीव्र

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राप्रपा नेपालले चैत १ गते काठमाडौंमा गर्ने बृहत् प्रदर्शनको तयारी सुरु गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति पनि गठन गरेको छ ।

 

चैत १ गतेको जनप्रदर्शन प्रभावकारी बनाउन उपत्यकाका २९ स्थानमा कोणसभा गर्ने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उपत्यकाको तीनै जिल्लामा कोणसभा आयोजना हुनेछ ।

 

बैठकले राजीव पराजुली, केशवराज श्रेष्ठ र दमन बस्नेत रहेको आर्थिक समिति गठन गरेको छ । यसैगरी पुरु दाहाल, विकास प्रजापति र कुमार गजुरेल रहेको सामाजिक सञ्जाल परिचालन समिति गठन गरेको छ ।

 

राप्रपा नेपालले अहिलेको व्यवस्था अन्त्य गर्न, प्रदेश संरचना खारेज गर्न, हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना गर्न जनप्रदर्शन गर्ने जनाएको छ । यस्तै भ्रष्टलाई कानूनी कठघरामा उभ्याउने, मिटरब्याज, लघुवित्त र सहकारीपीडितको समस्या समाधान गर्न दबाब दिन पनि आन्दोलनको तयारी गरेको राप्रपा नेपालले जनाएको छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.