मुम्बई इन्डियन्ससँग दिल्ली क्यापिटल्स ४ विकेटले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । भारतीय महिला प्रिमियर लिग (डब्लुपीएल) किक्रेट प्रतियाेगितामा मुम्बई इन्डियन्ससँग दिल्ली क्यापिटल्स ४ विकेटले पराजित भएकाे छ ।

 

शुक्रबार राति बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएकाे खेलमा मुम्बईसँग टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएर मुम्बईलाई १७२ रनकाे लक्ष्य दिएकाे थियाे । मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनको लक्ष्य पुरा गर्‍यो ।

 

मुम्बईकाे जितका लागि कप्तान हरमनप्रीत कौरले ३४ बलमा ५५ रन र ओपनर यास्तिका भाटियाले ४५ बलमा ५७ रन बनाइन् । नताली सिभर ब्रन्ट र अमेलिया केरले समान २-२ विकेट लिए ।

 

दिल्लीका लागि एलिस क्याप्सीले ५३ बलमा ७५ रनको बनाइन् । जेमिमाह रोड्रिग्वेजले ४२ र कप्तान मेग ल्यानिङले ३१ रन बनाए ।

 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.