केपी ओली कप : केपीएफसीसँग चर्च ब्वाइज पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । केपी ओली कप फुटबल प्रतियाेगिताकाे दोस्रो संस्करणमा केपीएफसीसँग चर्च ब्वाइज पराजित भएकाे छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उदघाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

 

केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरेका छन् । खेलको ५८ औं मिनेटमा रोहन कार्कीको पासमा फोडे फोफानाले वान बाई वानमा गोल गर्दै केपी ओली एफसीलाई अग्रता दिलाएका थिए । पहिलो गोलको १० मिनेट पश्चात फोडेकै पासमा जय गुरुङले गोल गरेका थिए ।

 

खेलको ७९ औं मिनेटमा चन्दन दासको कर्नरमा पुन जय गुरुङले हेडर मार्फत व्याक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । शहीद स्मारक लिग विजेता चर्च ब्वाइज युनाइटेडले भने मौका बनाए पनि सफल हुन सकेन ।

 

१० टिमबीच सहभागी यस प्रतियोगिताको दोस्रो खेल आइतबार न्युरोड टिम (एनआरटी) र थ्रीस्टार क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामा हुनेछ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.