बाक्लियो प्रचण्ड र ओलीको हिमचिम, प्रचण्डले फोन गरेर दिए ओलीलाई जन्मदिनको शुभकामना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

 

दाहालले ओलीलाई आज फोनमार्फत शुभकामना दिएकाे उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । अध्यक्ष ओलीले ७३ औँ जन्मदिन मनाउँदै गर्दा दाहालले उनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका हुन् ।

 

कांग्रेसमा माओवादीसहितकाे गठबन्धनको विरोध भइरहेका वेला यी दुई नेताको हिमचिम बाक्लिएको छ ।

 

बिहीबार सम्पन्न कांग्रेस महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव पारित भएको थियो । महासमिति बैठकमा अधिकांश नेताले चुनावी गठबन्धन गर्न नहुने आवाज उठाइरहँदा माओवादी केन्द्रका नेता सशंकित बनेका थिए ।

 

यसै मेसोमा मंगलबार मात्रै ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेका थिए ।

 

एकातिर सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र अर्कोतिर सत्ता गठबन्धनमा समेत विवाद उत्पन्न भइरहेका वेला उनीहरूबीच भएको भेटघाट र शुभकामना प्रदानलाई राजनीतिक वृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।

 

कतिपयले यसलाई राजनीतिक ‘कोर्स’ परिवर्तनको तयारीको विश्लेषण गरेका छन् ।

 

 

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.