बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न एकीकृत समाजवादीको माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

 

बिहीबार बसको सचिवालय बैठकले प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला वा पार्टी नै सरकारबाट बाहिरिने विषयमा कदम चाल्ने निर्णय गरेको छ । प्रतिवेदन पूरै नहेरी ज्वालाबारे निर्णय गर्न नहुने निषकर्षमा पुगेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

 

गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको विषयमा छानबिन समितिले मन्त्री ज्वालालाई पनि दोषी देखाएको थियो । दोषी देखिँदा पनि राजीनामा नआएको भन्दै उनको र प्रधानमन्त्री पुष्पकमल दाहालको चौतर्फी आलोचना भइरहेको छ ।

 

बिहीबार बसेको संसद् बैठकमा पनि सांसदले ज्वाला र दाहालको आलोचना गरेका थिए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.