प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

हुम्ला चाखेली गाउँपालिका-३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे ।

 

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब इन्जिनियर हर्कधन बुढाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

 

यसै गरी, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्खा बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाले वास्तविक रूपमा भएको कार्यभन्दा बढी भुक्तानी माग गरी ११ लाख ९४ हजार ४२६ रुपियाँ भुक्तानी लिने कार्य गरी भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

 

अध्यक्ष बुढा, सचिव ऐडी र कोषाध्यक्ष बुढाविरुद्ध सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना गरी बिगो जफत हुन मागदाबी लिइएको छ ।

 

साथै चाखेली गाउँपालिका-३ का वडाध्यक्ष शालिग्राम ऐडीले आ.व. २०७४रण्७५ मा सञ्चालित चाखेली गाउँपालिका-३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस तथा प्रतिवेदनसमेत दिई भ्रष्टाचार गरेको आरोप छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.