ट्याक्टर दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । सर्लाहीको बरहथवा नगरपालिका-१५, प्रिपाभित्तास्थित बागमती नहरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

 

दुर्घटनामा ट्याक्टरका धनी समेत रहेका चालक गढीमाई नगरपालिका-९, का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

बुधबार रौतहटको गढीमाईबाट सर्लाहीको हजरियातर्फ आलु खन्न गएकाे ट्याक्टर अनियन्त्रित भई नहरमा करिब २५ फिट तल खसेको छ ।

 

दुर्घटनामा गढीमाई नगरपालिका-९ कै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, ४५ वर्षीय सुकल देवी, १८ वर्षीया नितेश सहनी र १६ वर्षीया अन्चला कुमारी घाइते भएका छन् ।

 

उनीहरूमध्ये आकाश र किसनको वीरगन्ज, गर्भी देवी, सुकल देवी र नितेशको गौर तथा अन्चला कुमारीको गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार ट्याक्टरको नम्बर खुल्न सकेको छैन् ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.