नेदरल्याण्डविरुद्धको खेलमा राम्रोसँग खेल्छौँ : कप्तान पौडेल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो नतिजा हात पार्ने बताएका छन् ।

 

आज नामिबियासँग २ विकेटको पराजयपछि सञ्चारकर्मीसँग कुरा कप्तान पौडेलले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार गरे ।

 

उनले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको तर्क गरे । आगामी खेलका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको उनले बताए ।

 

नेपाल आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुन: नामिबियासँगै २ विकेटको हार व्यहो्यो ।

 

नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आइतवार खेल्नेछ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.