अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र मातृभाषी साहित्यकर्मीले कार्यक्रम गरी मनाउँदैछन् ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज सुनसरीको धरानमा राष्ट्रिय मातृभाषा कविता महोत्सव हुँदैछ । प्रतिष्ठानले विगतमा काठमाडौंमा गर्दै आएको महोत्सव यो पटक देशैभरका कविको उपस्थितिमा धरानमा गर्न लागेको हो । महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउने प्रतिष्ठानका परिषद सदस्य एवंआख्यानकार राजन मुकारुङले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले बर्सेनी दिँदै आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार यो वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिनेछ । पुरस्कार १ लाख रुपैयाँ छ ।

 

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० बाट जनकवि एवं गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो। नेपालमा २०६६ देखि विशेषरूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.