कांग्रेस महासमिति बैठक : विवादित जिल्लाका सबै प्रतिनिधिलाई सहभागी गराउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसले गोदावरीमा जारी महासमिति बैठकमा विवादित जिल्लाका सबै प्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेको छ ।

 

मंगलबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिलाई महासमिति बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको हो ।

 

कांग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरुको हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।

 

भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ र नेपाल थारु संघ छन् ।

 

यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका अध्यक्षसहित तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

 

शुभेच्छुक संस्थामा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने छन् ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.