टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो ।

 

पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवाप्रदायकले पूर्णरुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । विभागले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू हुँदा उपभोक्ताले सेवा प्रदायकसँग सम्पर्क गरी च्यानल छनोट र शूल्क भुक्तानी गर्न सकिने बताएको छ ।

 

उक्त प्रणाली लागू भएसँगै टेलिभिजन वितरण गर्ने सेवा प्रदायक संस्थाहरुमार्फत सेवा लिइरहेका सम्पूर्ण सेवाग्राहीले उक्त सेवा प्रदायकलाई सम्पर्क गरी आफूले हेर्ने टेलिभिजन च्यानलको शूल्क बुझाउँदा आलाकार्ट शुल्क प्रणालीमा आवद्ध भएर मात्रै शुल्क बुझाउन सक्नेछन् ।

 

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक शंकर नेपालले बेसिक प्याकेज र पे च्यानल गरेर अधिकतम ४७० रुपैयाँको मूल्य सरकारले निर्धारण गरेको बताए । उनले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू भएसँगै अब ४७० भन्दा बढी उठाउन नपाइने बताए । उनले सेवा प्रदायक कम्पनीले अब ४७० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने बताए ।

 

विभागले नयाँ ग्राहक बनाउँदा समेत सेवा प्रदायकले उपलब्ध गराएको आला कार्ट मूल्य प्रणालीभित्र रही टेलिभिजन च्यानलहरु÷बुकेहरु लिई सोही बमोजिम शुल्क बुझाउनुपर्ने बताएको छ ।

 

यसअघि नै सरकारले आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा प्रसारण हुने टेलिभिजनको न्युनतम मासिक शुल्क २५० रुपैयाँ कायम गरिनुका साथै केही स:शुल्क च्यानलको पनि बुके शुल्क निर्धारण गरेको थियो ।

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

.