‘बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

 

आइतबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले अब अन्य भ्रष्टाचारको फाइल खोल्ने भए आफू र आफ्नो पार्टीको सांसदबाट सुरु गर्न चुनौती दिए । सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा न उनले नैतिकताको आधारमा राजीनामा दिएको न कुनै कारबाहीको छनक दिएको भन्दै यसबारेमा प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे ।

 

सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गरे । उनले ललिता, सुन र भुटानी शरणार्थी लगायतमा हेरिएको भन्दै आफ्ना मान्छेको अनुहार आउनेवित्तिकै कमजोर बनाउने न्यायालयलाई समेत बद्नाम गरिएको बताए ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.