आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हाे । बैठकमा संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ ।

 

पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि पत्र सभामुखले पढेर सुनाउनेछन् ।दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन् । सांसदसँगको प्रत्यक्ष प्रश्न-उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन् । प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन् ।

 

नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन् । कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन् । ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन् । प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेस गर्ने कार्यसूची छ ।

 

सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्वीकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ। त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गिरियोस भनि निर्णायार्थ पेश गर्ने छन् । अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय ९दोस्रो संशोधन० विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने छन् । यी बाहेक सांसदका कुरा सुन्न शून्य समयको व्यवस्था हुने संसद सचिवालयले जनाएको छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.