वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन : अर्थमन्त्री महत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदै छ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताएका छन् ।

 

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा अर्थमन्त्री महतले भने, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौँ ।’

 

समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने स्पष्ट पारे । ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन्’, उनले भने ।

 

लघु वित्तलाई कसरी स्वास्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको उनले बताए । फाइदा उठाइ हालौं भन्नेलाई निरुत्साहित गर्न मन्त्री महतले आग्रह गरे ।

 

उनले दु:ख सुख गरेर सानो सानो लघु वित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.