नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशकाे नाम ‘कोकिली’ राख्न माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशकाे नाम खारेज गरी काेकिली राख्न माग गरेको छ । शनिवार इलाममा  बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले यस्ताे माग गरेको हो ।

 

बैठकले पहिचानवादीहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जबर्जस्ति राखिएको कोशी नाम खारेजी माग गर्ने निर्णय गरेको  पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

‘प्रदेश नं. १ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ’ विज्ञप्तिमा भनिएको छ ।

 

सचिवालय बैठकले २०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।  विज्ञप्तिमा यस्ताे भनिएकाे छ –

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.