नेदरल्याण्डमाथि नेपालको सानदार जित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सिरिजको दाेस्राे खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले सानदार जित निकालेकाे छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान  भएकाे खेल नेपालसँग टस हारेर पहिला ब्याटीङकाे निम्ताे पाएकाे नेदरल्याण्डले निर्धारित ३८.६ ओभरमा अलआउट भएर १३७ रन बनाएर नेपाललाई १३८ रनकाे लक्ष्य दिएकाे थियाे । नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर १४१ रन बनायाे ।

 

नेपालको जितका लागि अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको जाेडे ।

 

नेदरल्याण्डका ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए । स्याब्रान्ड एंगेलब्रेक्टले २३ र बास डि लिडेले २७ रन बनाए । नेदरल्याण्डका कप्तान स्कट एडवाड्रसले ३३ रन बनाए ।

 

कुशल भुर्तेलले ४ र ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलले समान १ विकेट लिए ।

 

 

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

.