प्रकाश ज्वालालाई मन्त्री पदबाट बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं ।  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त  गर्न माग गरेका छन् ।

 

ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको मृत्यु भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालाकाे कमजोरीले घटना भएको निष्कर्ष निकालेसँगै सचेतक बर्तौलाले उनलाई मन्त्री पदबाट बखास्त गरी कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

 

उनले भने, ‘तत्काल उनलाई मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ ।’

 

मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको सरकारी आयोगले  निष्कर्ष निकालीसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएकाे बताए ।

 

उनले भने , ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन, त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वंम पनि २४ घन्टे परीक्षामा परेका छन् , हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ ।’

 

हिजो उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वाला जिम्मेवार भएको निष्कर्ष निकालेको थियो ।

 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.