रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमण हुँदा ७ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमण हुँदा ७ जनाको मृत्यु भएकाे छ । १८ जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा एक बालक र घाइतेमध्ये चार बालबालिका समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  एक किराना पसल र फार्मेसी रहेको सपिङ सेन्टरलाई युक्रेनी सशस्त्र सेनाले गरेको रकेट आक्रमणको कारण ठूलो क्षति पुगेको बताइएको छ ।

 

रुसको रक्षा मन्त्रालयका अनुसार रुसी वायु रक्षाले बेल्गोरोड क्षेत्रमा १४ आरएम-आरएम ७० भामपायर एमएलआरएस रकेट खसालेको हो । रुसी विदेश मन्त्रालयले नागरिक र नागरिक पूर्वाधारविरुद्धको आक्रमणको कडा निन्दा गरेको छ ।

 

अपराधको अनुसन्धान गरिने र दोषीहरूलाई कडा गर्ने बताइएको छ । रुसले यो मुद्दालाई संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्य अन्तर्राष्ट्रिय संगठनहरूमा विचारका लागि उठाउन चाहेको मन्त्रालयले जनाएको छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.