गृहका सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ ।

 

प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरिएको हो ।

 

समितिको सह-संयोजकको जिम्मेवारीमा मन्त्रालयकै सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् । समितिको सदस्यमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्ष, मन्त्रालयका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत रहेका उपसचिव रामबहादुर शाही सदस्य सचिव रहेका छन् ।

 

प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको मन्त्रालयले जनाएको छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.